
बीरगंज, पर्सा
INCREDIBLE BIRGUNJ ले बिभिन्न असहाय व्यक्तिहरु लाइ खोजि खोजि खाना खुवाउदै आएको समाचार प्राप्त भएको छ।
२०७८/८/१८गते का दिन बीरगंज महानगरपालिका वार्ड नं १६ माई दिया पोखरी घुसुकपुर (नगवा)मा नितेश कुमार को अध्यक्षतामा इनक्रेडिबल वीरगंज नाम संस्था गठन गरी जिल्ला प्रशासन कार्यालय पर्सा मा दर्ता गराइ:-इनक्रेडिबल बीरगंज एउटा सकरात्मक बीरगंजमा गर्ने आसा राखेको छ। साथै इनक्रेडिबल बीरगंज ले आफ्नो जिम्मेवारी को साथ कर्तव्य पुरा गर्ने छ भनि संस्था को उदेश्य रहेको छ।
त्यसै क्रममा रिक्सा चालक,मागी खाने रोड छाप तथा गरिब असहाय व्यक्तिहरु लाइ खोजि खोजि खाना खुवाउदै आइरहेको छ।
बीरगंज बसपार्क लगायत,माई दिया पोखरी,नागवा पोखरी को छेउ छाउमा बस्ने मागी खाने, रिक्सा चालक गरिब असहाय व्यक्तिहरु लाइ खोजि खोजि खाना खुवाउने प्रयास निरन्तर जारी नै रहेको छ।
खोजि खोजि खाना खुवाउने कार्यक्रम इनक्रेडिबल बीरगंजका अध्यक्ष नितेस कुमारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आशिष कुमार गुप्ता, कोषाध्यक्ष सागर कुमार, सचिव कुनाल साह कानु ,सह सचिव सावन प्रसाद कानु, सदस्यहरू मा राजकुमार साह,आकास कुमार पडिंत,बिबेक कुमार चौरसिया INCREDIBLE BIRGUNJ का सल्लाहकार सागर लामा लगायतका व्यक्तिहरु को निरन्तर उपस्थिति रहदै आएको छ।



