
कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका सन्क्रमित ३,६१९,५२३ विरामी भएका छन भने २५०,४७८ जनाले ज्यान समेत गुमाई सकेका छन ।
कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हाल सम्म यस रोगको कुनैपनि औषधी नहरेको तथा यस रोगबाट बच्न साफ सफाई र समाजिक दुरी कायम गर्न नै यस्को उपचार मध्य एक रहेको बताए पछि जि.पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सेनेटाईज गर्ने र्निणय गरेको छ ।
नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंन्जको ३२ वटै वडाहरुलाई सेनेटाईज गर्ने जानकारी गराएका छन ।
सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको २०नं वडाहरुमा शुरु गरिएको छ भने फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराएका छ।




