
भन्सार एजेन्ट महासङ्घ नेपालको १०औं वार्षिक साधारणसभा तथा ४औं अधिवेशन शनिवार काठमाडौंमा सम्पन्न भएको छ।
सभाले काठमाडौंका भरतराज घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष प्राचीनकुमार थैइब, प्रथम उपाध्यक्ष काशीराज उपाध्यक्ष, द्वितीय उपाध्यक्ष भाग्यनारायण मिश्र, तृतीय उपाध्यक्ष चेतनाथ पौडेल, महासचिव विष्णुमणि खनाल, सचिव कृष्णप्रसाद घिमिरे र कोषाध्यक्षमा मनोजराउत कुर्मीलगायत सदस्य छन्।
साधारणसभामा नेपाल भन्सार एजेन्ट सङ्घ काठमाडौं, भैरहवा, वीरगंज भन्सार एजेन्ट सङ्घ पर्सा, विराटनगर भन्सार एजेन्ट सङ्घ रानी, मेची भन्सार एजेन्ट सङ्घ, नेपाल भन्सार एजेन्ट सङ्घ जनकपुर, नेपाल भन्सार एजेन्ट सङ्घ रसुवा, नेपाल भन्सार एजेन्ट सङ्घ तातोपानी गरी आठवटा संस्थाका १७० एजेन्ट र ३५० जना प्रतिनिधि सहभागी थिए।eprateek