अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन

वीरगंज, पर्सा

अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइन बिमोचन वीरगंज स्थित डाईनण्ड रिसोट होटल एण्ड पार्टी प्यालेसमा (पानिटंकी, वीरगंज) मा एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व मन्त्री तथा संघिय सांसद अजय चौरसियाले पानसमा बत्ती बालेर गरेका थिए।

प्रमुख अतिथि तथा संघिय सांसद अजय चौरसियाले अनलाईन न्युज दैनिक पत्रिकालाइ पढि वाचि उद्घाटन गर्दै भने निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशित गर्न आग्रह गर्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

उद्घाटन पश्चात राष्ट्रिय गान बजाइ राष्ट्रिय गान गाएका थिए।भने स्वागत मन्तव्य अनलाईन पत्रिकाका बिशेष प्रतिनिधि प्रिया कुमारी साहले गरेकि थिइन ।

उक्त उद्घाटन कार्यक्रम अनलाईन न्युज दैनिक पत्रिका तथा अनलाइनका प्रकाशक/सम्पादक अजय कुमार साहको सभापतित्व तथा पुर्व मन्त्री तथा संघिय सांसद अजय चौरसियाको प्रमुख अतिथियता तथा विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा यस अनलाईन न्युज दैनिक पत्रिकाका प्रमुख सम्पादक असोक तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका मधेस प्रदेशका महासचिव श्याम बन्जरा,नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटी मगर,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी,निलिमा पौडेल,नेपाल प्रेस युनियनका मधेस प्रदेश सदस्य श्रवण प्रसाद साह,राहुल गुप्ता,वाड नं.४ का वडा अध्यक्ष जगत साह कानु,लगायतका व्यक्तिहले अनलाईन न्यूज दैनिक पत्रिका तथा अनलाईन को उत्तरोत्तर प्रगतिको कामना कामना गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close