
वीरगंज, पर्सा
नेपाली कांग्रेस क्षेत्र नं.१(ख) पर्साले नेपाल विधुत प्राधिकरण वीरगंजलाइ ज्ञापन पत्र बुझाएका छन्।
पछिल्लो २ महिना यता तराईका जिल्लाहरुमा बढेको भीषण गर्मीका कारण जनजिवन कष्टकर हुन गएको विषय लाइ मध्यनजर गर्दै त्यसका साथै आर्थिक मन्दीको यो बेलामा करोडौंको लगानीमा सञ्चालन भईरहेका उद्योग, कलकारखानाहरु लाई सामान उत्पादन गरेर बजार पठाउन कति हत्तार हुन्छ तर पनी अवस्थाहरुको सन्तुलित सञ्चालनका लागि चाहिने आधारभूत आवश्यक्ता हो विद्युत, विद्युतको सहज आपूर्ती भएन भने यो भीषण गर्मी छल्न जति गाह्रो हुँदो हो त्यति नै गाह्रो एउटा अनियमित विद्युत आपूर्तीका कारण उद्योग, कलकारखानाले उत्पादनमा घाटा मात्र व्याहोरेका छैनन्, भोल्टेजको असन्तुलनले कतिपयका मेसिन औजार पनि जलेका बिग्रेका घटनाहरू छन्।
विद्युत प्राधिकरणले विद्युत आपूर्तीमा कुनै समस्या छैन भनिरहँदा पनि हामीले त्यो अनुभूत गर्न सकेका छैनौं । दिनको ४-५ घण्टा विद्युत आपूर्ती ठप्प हुँदा पनि प्राधिकरणले आपूर्तीमा समस्या छैन भन्नु खेदजनक हो । सेवाग्राहीलाई जानकारी नै नगराई मर्मतका नाममा विद्युत आपूर्ती बन्द गर्नु र घण्टौं- घण्टासम्म आपूर्ती बन्द राख्नु प्राधिकरणको गैर-जिम्मेवार रवैया अन्त गर्नुको लागि नेपाली कांग्रेस क्षेत्र नं १ (ख) पर्सा का सभापति अनिल कुमार सिंह द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापन पत्रमा बुझाउनेमा नेपाली कांग्रेस क्षेत्र नं १(ख) पर्साका उप-सभापति प्रेम पटेल, नेपाली कांग्रेस वीरगंज महानगरपालिका का नगर सचिव श्याम पटेल, प्रदेश सदस्य सजाद हुसेन,युवा नेता रामनिवास यादव, सुरेन्द्र लामिछाने,राजु कापर, नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १६ का वडा सभापति बाबुनन्द पटेल,बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमका स्वकीय सचिव शेष हजरा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।




