नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्यबाट बसरुद्दिन अन्सारी दोस्रो पटक ३ महिना निलम्बनमा

वीरगंज, पर्सा

नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य बाट बसरुद्दिन अन्सारी दोस्रो पटक ३ महिना को लागि निलम्बनमा परेका छन्।

२०८० साल जेठ २ गते नेकपा (एमाले) मधेश प्रदेश कमिटीको सचिवालय बैठक अध्यक्ष राम औतार यादवको अध्यक्षतामा ताथा प्रदेश इन्चार्जको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सहइन्चार्जहरुको उपस्थितिमा बैठक बाट निर्णय गर्दै कार्यवाही सम्बन्धमा प्रदेश कमिटीको फाल्गुन ४ गतेको निर्णय अनुसार प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको भूमिकालाई लिएर कार्यवाहीमा परी ३ महिना निलम्बनमा परेका सबै‌‌ कमरेडहरूलाई निलम्बन फुकुवा गरिएको छ । तर पर्सा जिल्लाका निलम्बित बसरुद्दिन अन्सारीलाई भने अरु ३ महिना निलम्बन थप गरिएको निर्देशन पत्रमा‌ नेकपा एमालेका मधेश प्रदेश कमिटी का अध्यक्ष राम औतार यादव द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close