रक्सौल प्रहरी द्वारा महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई नियन्त्रणमा

रक्सौल प्रहरी द्वारा महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई नियन्त्रणमा

अभिलाष गुप्ता
बिरगंज २२ मंसिर बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाकल चढाउन भारतको विभिन्न स्थानहरु बाट नेपाल प्रवेश गर्न खोज्ने भक्तजनलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र स्थानीयप्रहरी एवं पशुहरु लाई रोक्न संस्थाले रोक लगाएको छ । रक्सोलका एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएका छन् ।अहिले सम्म १४६ वटा पशु र १५ वटा पशुपक्षी परेवा (कबुतर ) लाई नियन्त्रणमा लिई पक्रेर राखिएको छ। उनिहरुको भनाई अनुसार महागढीमाई मेला सकेपछी उनिहरु लाई छाडिने एक भक्तजनले बताएका थिए।

एसएसबीले नियन्त्रणमा लिएका पशुपक्षी भारतीय प्रहरीलाई बुझाइएको जानकारी मेलामा बलि भाखल चढाउन आएका दर्शानार्थीहरूले दिएका छन् । महागढीमाई मेला हेर्न र पूजाआजाका लागि मात्र भक्तजनलाई नेपाल प्रवेश गर्न दिइएको छ भने बलिका लागि ल्याइएका पशुपक्षीलाई रोक्न भारतको सर्वोच्च अदालतको आदेशको पालना गरिएको बताइएको छ ।

भारतको सर्वोच्च अदालतले बलिप्रथालाई रोक्न निर्देशन दिएपछि भारतीय सीमा सुरक्षाकर्मीले यस्तो कदम चालेको प्रतिक्रिया दिएका छन् । महागढीमाई मेला विश्वकै ठूलो धार्मिक र सांस्कृतिक महत्वको मेला मानिन्छ, जहाँ बलि प्रथा परम्परागत रूपमा हुँदै आएको छ । तर, यसपटक भारतीय प्रशासनको कडाइका कारण भारतीय भक्तजनहरुले बलिका लागि ल्याइएका पशुपक्षीसहित नेपाल प्रवेश गर्न नपाएको देखिएको छ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, तिर्थालुहरूलाई सहज बनाउन नेपाल प्रवेशका क्रममा कुनै अवरोध नगरिनुपर्ने निर्देशन दिइएको छ । उनले भने, “पर्साका सबै नाकाहरूमा ट्याक्टरमा आएका सामग्रीहरूको दर्ता गर्न र कुनै पनि तिर्थालुलाई दुःख नदिन आदेश दिइएको छ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close