बिरगंजलाई हरित शहर बानाउने उदेश्यले वृक्षरोपण कार्यक्रमको आयोजना

बिरगंज स्थित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको सयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वृक्षरोपण कार्यक्रमको आयोजना भएको छ।

जिल्ला पर्सा बिरगंज .न.पा २ स्थित ईदगाह चौक देखि घण्टाघर सम्म जनताको रहर हरित शहरबनाउने उदेश्यले सो कार्यक्रम को आयोजना गरीएको थियो।सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति काठमाडौंका अध्यक्ष डा.किरण पौडेलको उपस्थिति रहेको थियो। ग्रीन सिटि सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षता आयोजित कार्यक्रममा विशिस्ट अथितीको रुपमा बिरगंज महानगरका उपमेयर इम्तियाज आलमको पनि उपस्थिति रहेको थियो।

उपमेयर आलमले भने अहिले जलवायु परिवर्तनको असरले गर्दा पुरै संसार नै समस्या भोगि रहेका छन।दिनप्रती दिन पृथ्वीको तापक्रम बढ्दै गएको छ। यस्तो अवस्थामा वृक्षरोपणको विकल्प नरहेको बताए। यस कार्यक्रम पर्सा,प्र.जि.अ. हिरालाल रेग्मी वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया, जि.प्रशा.का.पर्सा,उपसचिव श्याम बाबू प्लोचन ,स.प्र.जि.अ. भिमकान्त पौडेल – जि.प्रशा.का.पर्सा ,स.प्र.जि.अ. शिब प्रसाद लम्साल – जि.प्रशा.का.पर्सा, स.प्र.उ. सुमन थपलिया – स.प्र.ब.नेपाल १३ नं.गण बिरगंज पर्सा ,स.से. सुधर्शन उपाध्याय धिताल श्री श्रीजगं गण बिरगंज पर्सा ,का.प्र. सुभाष चन्द्र दास बन डिभिजन का. पर्सा, पुर्व महानिर्देशन गौरि शंकर तिमला – बन बिभाग,प्र.ना.उ. निर्मल बुढाथोकी – जिल्ला प्रहरी कार्यालय पर्सा, बि.म.न.पा २ ब.का.,काउन्सिलर शशि भूषण- भा.म.बा.दु.बिरगंज ,प्र.नि. मनिराम थापा – जि.ट्रा. प्र.का. पर्सा,प्र.नि.बच्चु प्रसाद फ्याल- म.प्र.वि.ब्य.गुल्म बिरगंज पर्सा,स.प्र.नि. प्रेम सिंह बिष्ट-सो.सु.गु. पर्सा , प्र.नि. बिदुर प्रसाद सिवाकोटी – व.प्र.का.विर्ता पर्सा ।सा.प्र.से.के.आदर्शनगर पर्सा,अध्यक्ष ग्यासुदिन ठकुराई – सा.प्र.से.के.आदर्शनगर पर्सा, उपाध्यक्ष संजय शर्मा – ग्रिनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा,सचिव मुरलि जलान -ग्रिनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा ,कोषाध्क्ष प्रेम कुमारी सींह – सा.प्र.से.के.आदर्शनगर पर्सा ,स.अ. सरफुदिन मिया बिरगंज लगायत को सहभागिता रहेको थियो । वृक्षारोपन कार्यक्रममा म्यागो स्ट्रीक ३०० थान, कपुर ५० थान र निमको बिरुवा ५० थान गरी जम्मा ४०० थान बिरुवा रोपिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close