
वीरगंज, पर्सा
मधेश प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको पहलमा पोखरिया अस्पताल ५० बेडको स्तरउन्नतीमा हुने भएको छ।
पर्सा जिल्ला स्थित पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताल आज देखि ५० बेडमा स्तरउन्नति भएको हो।
मधेश प्रदेश स्वास्थय तथा जनसंख्या मन्त्री माननीय विरेन्द्र सिंह द्वारा अगामी आर्थिक बर्ष ०८०/८१ को लागि प्रस्तुत हुने नीति तथा कार्यक्रममा सो योजना समाबेश भएको छ।
निकै सरल शालिन तथा मधेस प्रदेशमै लोकप्रिय नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा मधेश प्रदेश सांसद माननीय जनार्दन सिंह क्षेत्रीको विशेष पहल र अथक प्रयासमा सो योजना समाबेश गरिएको हो।
पोखरीया अस्पताललाई ५० सैयाको बेड Upgrading गराउनमा माननीय जनार्दन सिंह क्षेत्री सफल हुनु भएको भन्दै पोखरियावासी द्वारा धेरै धेरै धन्यवाद ज्ञापन व्यक्त गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




