नजिकिदै गरेको दसैं , तिहार र छट पर्वलाई मध्य नजर गर्दै प्रशासन बजार अनुगमनमा तात्यो ।

बिरगंज , असोज ११ गते सोमबार ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा बिरगंजको निमित्त कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य सघ , उपभोक्ता हित संरक्षण मञ्च बिरगंजको प्रतिनिधि सहित वीरगंज बजार अनुगमन गर्दा उपभोक्ता संरक्षणक ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेको ले सोही ऐनको दफा ३९ बमोजिम ९ वटा फर्मलाई तत्काल जरिवाना गरिएको थियो ।

आज बिरगंजको घन्टाघरमा रहेका मोबाइल पसल , कपडा पसल र जुत्ताचप्पल पसलमा अनुगमन गरिएको थियो ।लक्ष्मी मोबाइल एन्ड ईलेक्ट्रिकल , घन्टाघरले खरिद बिल बिजक नदेखाएकोले तत्काल रु.५,०००/- जरिवाना गरिएको थियो ।त्यसैगरि बालाजी मोबाइल सेन्टरले खरिद बिल नदेखाएकोले रु.५,०००/- , बिनोद मोबाइल सप्लायर्सलाई पनि ५,०००/- , श्री गणेश लक्ष्मी वस्त्रालयलाई रु. १०,०००/- , ओम साई शु सेन्टरलाई ५,०००/- , श्री नृसिंह जि श्यामबाबा ईन्टरप्राईजेजलाई ५,०००/- , न्यु टिपटप ट्रेडर्सलाई ५,०००/- , राजा ईन्टरप्राईजेजलाई ५,०००/- , बिरगंज फैशन सेन्टरलाई रु.५,०००/- गरि जम्मा रु. ५०, ०००/- हजार जरिवाना गराएको थियो । उत्त रकम ७(सात) दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले प्रहार डेलीलाई जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close