
बिरगंज , जेष्ठ ३० गते मंगलवार ।
सशस्त्र प्रहरी बल नेपाल बाराको टोलीद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्ति नियन्त्रणमा रहेको छ ।
बारा जिल्ला विश्रामपुर गा.पा.-१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बारा मातहत विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिको साथबाट श्रोत नखुलेको नेपाली रुपैया रु.१५,००,०००।– (पन्ध लाख) फेला परेको हुँदा निज ब्यक्ति, मो.सा. र नगद रुपैया सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




