वीरगंज महानगरको १३ औ नगर सभा सम्पन्न।नगर सभा बाट ३ अर्ब २१ करोड बढीको बजेट

वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाको १३ औ नगर सभा सम्पन् भएको छ । आगामी आर्थिक वर्ष२०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

बुधबार आयाेजित वीरगंज महानगरपालिकाकाे नगरसभामा वीरगंज महानगरपालिका को १३ औ अधिवेशनमा उप प्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ कराेड ३५ लाख ४४ हजार रुपैयाँ बराबरकाे अनुमानित आयव्ययसहितकाे बजेट प्रस्तुत गरेका हुन् ।

जस्तै आगामि आर्थिक वर्ष २०८०/२०८१ मा वडा नं. १७ मा ऐतिहाँसिक अलौ संग्राहालय निर्माण गरी यसको ऐतिहाँसिकता उजागर गर्दै वीरगंजको गौरव बढाइनेछ । यसको लागी रु.२० लाख विनियोजन गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ । संस्थागत विद्यालयहरुको सूचकमा आधारित वर्गीकरण गरी वैज्ञानिक शुल्क निर्धारण गरिनेछ । स्वयंसेवक शिक्षक कार्यक्रमका लागी रु. ४ करोड ७५ लाख विनियोजन गरेको छ।

सबै विद्यालयहरुमा सुविधा युक्त विज्ञान प्रयोगशाला निर्माण गर्दै लगिनेछ ।विद्यालयहरुमा Smart Class को अवधारणा लागू गर्ने प्रारम्भिक कार्य अघि बढाईनेछ ।
जिल्ला समन्वय समिति सँगको लगानी साँझेदारीमा पूर्वाधार अभाव भएका विद्यालयहरुमा भवन तथा फर्निचर पूर्वाधार निर्माण गरिनेछ ।

उद्योगी व्यवसायी एवं कर्पोरेट घरानाहरुलाई १/१ वटा सामुदायिक विद्यालय संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अङ्गीकार गरी शिक्षा पूर्वाधार एवं शिक्षण सामाग्रीहरुको प्रबन्ध गर्न प्रेरित गरिने ।

CTEVT सँगको सहकार्यमा प्राविधिक शिक्षालय वीरगंज महानगरमा स्थापना गर्न विशेष पहल गरिनेछ ।

नगरभित्र स्थापित पुस्तकालयहरुलाई डिजिटलाईजेशन गरी E-Library (ई-लाईब्रेरी) सेवा गरी आधुनिकीकरण गरिने।

शिक्षा क्षेत्रमा रु. १२ करोड २० लाख विनियोजन गरेको छ।

स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन नगर
अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको OPD सेवा सञ्चालन गरिनेछ ।
विकेन्द्रीत स्वास्थ्य सेवाको लागी रु. ३ करोड ७५ लाख विनियोजन गरेको छ।

प्रयोगशाला सेवालाई सुपथ र सुलभ तुल्याउन विर्तामा निर्माणाधीन नगर प्रयोगशाला भवनबाट आधुनिक प्रयोगशाला सेवा सञ्चालन गरिनेछ । यसका लागि आवश्यक जनशक्ति,उपकरण एवं सामग्रीहरुको प्रबन्ध गरिनेछ ।

लामखुटेमुक्त वीरगंज महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण,बासस्थान नष्ट
गर्ने, औषधि छर्किने अभियानका लागि रु. ३५ लाख विनियोजन गरेको छ।

निर्माणाधीन ५ वटै बर्थिङ्ग सेन्टरहरु आगामी आ.व. मा निर्माण सम्पन्न गरिनेछ भनि महानगर उप प्रमुख इम्तियाज आलम ले‌ बजेट प्रस्तुत गरेका हुन्।

महानगरपालिकाले यसअघि चालू आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने चालू आर्थिक वर्षकाे भन्दा करिब १२ कराेड रकम घटाएर बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्षकाे कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याइएको छ ।

बुधबार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगंज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रुपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

वीरगंज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार को अनुमान गरिएको छ ।

वीरगंज महानगरपालिकाको १३ औ नगर सभा महानगर प्रमुख राजेशमान सिंहकाे सभाअध्यक्षतामा भएकाे नगरअधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल, ३२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य , कर्माचारी लगायतकाे सहभागीता रहेको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close