
अजित भुजेल
बिरगंज , फागुन ०३ गते सोमबार ।
पहिलो चरणको खोप अन्तर्गत पर्सामा पहिलो पटक आइतबार सन्चारकर्मी सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फन्टलाईनमा काम गर्ने अन्य १९ महिला सहित १३० जनाले नारायणी अस्पतालमा कोभिड -१९ विरुद्धको खोप लगाएको थियो ।त्यसै गरि सोमबार दोस्रो दिन पनि पर्सेली सन्चारकर्मीहरुलाई कोभिड-१९ विरुद्धको खोप दिईएको थियो ।नेपाल आएको कोभिड -१९ विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी , सफाईकर्मीहरुलाई सो खोप दिएको थियो भने पहिलो चरणको पहिलो चोटि पर्सामा आइतबार सन्चारकर्मीहरु ,फ्रन्टलाईनमा काम गर्नेलाई नारायणी अस्पतालमा निसुल्क खोप दिएको थियो ।
दोस्रो दिन पनि नारायणी अस्पतालमा सन्चारकर्मी-३७ जना , सुरक्षाकर्मी-४ जना, बैकर्स-६५ जना , सरकारी कर्मचारी-७४ जना , स्वास्थ्यकर्मी-१० जना गरि जम्मा १९० जनाले निसुल्क खोप लगाएको स्वास्थ्यकर्मी सृस्टि बिस्टले जानकारी दिनुभयो ।
आज खोप लगाउनेहरुमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर , पत्रकार महासघ पर्साका पुर्व अध्यक्ष अशोक तिवारी , गोबिन्द देवकोटा , कुबेर गौतम , उदय दास , धिरज दारुका , प्रणय कुमार साह , आनन्द पटेल , सुभाष राम लगायतकाले खोप लगाएका थिए ।
आज मात्र १९ महिला सहित १३० जनाले कोभिड -१९ बिरुद्ध खोप लगाएको स्वास्थ्यकर्मी सृस्टि बिस्टले जानकारी गराएका थिए ।
सृस्टि बिस्ट , पुजा ठाकुरले कोभिड-१९ विरुद्धको खोप दिएका थिए भने जस्मिन दवाडी , श्रवण कुमार यादव , नजिरा खातुन , समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।




