हवाई यात्रुका लागि ‘प्रिपेड ट्याक्सी’ उपलब्ध हुने 

निषेधाज्ञाको अवधिमा जहाजबाट यात्रा गर्ने यात्रुहरूले विमानस्थल आउ-जाउ गर्नका लागि ‘प्रिपेड ट्याक्सी’ सेवा पाउने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा आदेशअनुसार नै वैध टिकट, भिसा, पासपोर्ट भएका यात्रुले यस्तो सेवा पाउने छन्।

विमानस्थल कार्यालयबाट अनुमति पाएका हरियो नम्बर प्लेट भएका यस्ता ट्याक्सीको सेवा लिनका लागि यात्रुले कि विमानस्थलको पार्किङमा जानुपर्ने छ कि फोन गरेर आफूलाई पायक पर्ने ठाउँमा बोलाउन सकिने छ।

फोन गरेर बोलाउनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि फरक-फरक नम्बरमा फोन गर्नुपर्ने छ।

आन्तरिक हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि: ९८४१०७०६२३/९८४१२८१२७० र अन्तर्राष्ट्रिय तर्फका हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि ९८०३०५३३५१/९८०३१४६१२२/९८६००१५५१३ मा सम्पर्क गर्न सकिन्छ।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close