वीरगञ्ज उद्योग वाणिज्य सङ्घको स्थायी आमन्त्रित सदस्यमा अजय प्रजापति मनोनयन

वीरगञ्ज, पर्सा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको स्थायी आमन्त्रित सदस्यमा अजय प्रजापति मनोनयन भएका हुन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको मिति २०८०/०३/०५ गते बसेको कार्यसमितिको बैठकले सङ्घको विधान २०४८ बमोजिम अजय प्रजापति लाई नवगठित कार्यसमितिको स्थायी आमन्त्रित सदस्य पदमा मनोनयन गरिएको वीरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष अनिल कुमार अग्रवाल द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

साथै तपाइ जस्तो कुशल र सक्षम सहयोगी मित्रलाई सङ्घको स्थायी आमन्त्रित सदस्यमा पाउँदा अति नै हर्ष लागेको छ । आउने दिनहरुमा सङ्घको विकासमा तपाईबाट अझ बढी सक्रियताका साथ रचनात्म सहयोग र सुझावहरु निरन्तर रुपमा प्राप्त भइरहने विश्वासका साथ स्थायी आमन्त्रित सदस्य पदमा मनोनयन हुनु भएकोमा वीरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष अनिल कुमार अग्रवालले हार्दिक बधाई समेत‌ दिएका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close