भोलिदेखि मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली लागू हुने

काठमाडौं- असार १ गतेदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेड)सहितमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्ने अन्योलता सिर्जना भएको भन्दै गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिएका हुन् । उनले मातहतका निकायलाई पनि यसबारेमा निर्देशन दिइसकेको बताए ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।khabarhub

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close