न्यायधिश शर्माले वीरगन्ज महानगरको न्यायिक समितिमा गरे निरिक्षण

न्याधिश रामप्रसाद शर्माले वीरगंज महानगरपालिकाको न्यायिक समितिको सोमबार निरिक्षण गर्नुभएको छ।

वीरगंज महानगरपालिकाको न्यायिक समितिको निरिक्षण गर्न कार्यालय भित्र पस्ने क्रममा न्यायिक समितिका संयोजक समेत रहेका वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले न्याधिश रामप्रसाद शर्मालाई खादा र दोसाला ओढाइ फुलको गुच्छा दिइ स्वागत गरेका थिए। साथै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सँग समेत न्यायिक समितिको बारेमा चर्चा परिचर्चा न्याधिश रामप्रसाद शर्मा सँग भएको थियो

न्याधिस रामप्रसाद शर्माले निरिक्षणको क्रममा वीरगंज महानगरपालिकाको न्यायिक समितिले गरेको कार्यको चर्चा गर्दै न्यायिक समितिले फैसला गरेको पुनरावेदनमा पठाएको मुद्दाको मैले हेर्ने मोका पाएको बेला धेरै राम्रो न्यायिक समितिले फैसला गरेको मुल्यांकन गर्दै न्यायिक समितिको फेसलालाई सदर गरेका थिए भन्दै न्यायिक समितिका संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख आलमको काम कर्तव्यको बधाइ आज न्याधिश रामप्रसाद शर्माले दिएका थिए ‌।

निरिक्षण तथा स्वागत कार्यक्रममा न्यायिक समितिका संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close