वीरगन्जका उपमेयर इम्तियाज आलमद्वारा श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयका छात्राहरुलाइ छात्रवृत्ति वितरण ।

बिरगंज , साउन ७ गते आइतबार ।

बिरगंज महानगरपालिका वडा नं १६ इनर्वामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका महिला तथा दलित छात्राहरुलाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ । वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख आतिथित्वमा भएको कार्यक्रममा सो बिधालयमा अध्यनरत १७५ जना छात्राहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि आलमले मन्तब्यको क्रममा विधालयले छात्रवृत्ति पारदर्शी रुपमा बाटेकोले खुसि लागेको र आउने दिनमा यस विधालयलाई सक्दो सहयोग गर्ने बताए । अहिले बिधालयको अवस्था एकदम दैनिय रहेकोले यसलाइ सुधार गरेर जान वाड समितिलाई समेत आग्रह गरे ।अहिके बिधालयमा भइ रहेको भौतिक बिकाशबारे जानकारी लिदै आउने दिनमा विद्यालयको कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय निर्माण गर्ने उनले बताए। यस विधालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ सम्बोधन समेत गरे।

सो कार्यक्रम विधालयका प्रधानाध्यापक सन्देश कुमार चौहानको अध्यक्षता एवं अतिथीहरुमा वडाका वडा सदस्य तथा पुर्व विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार यादव , उपमेयरका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव लगायत स्थानिय अग्रज, महिला, युवाहरुको सहभागिता रहेको सन्चारकर्मि राहुल गुप्ताले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close