नेपाल पत्रकार महासंघको मधेश मोफसल विभागको संयोजकमा अशोक तिवारी मनोनयन

नेपाल पत्रकार महासंघको मधेश मोफसल विभागको संयोजकमा अशोक तिवारी मनोनयन

अभिलाष गुप्ता
नेपाल पत्रकार महासंघको मधेश मोफसल विभागको संयोजकमा अशोक तिवारीलाई मनोनयन गरिएको छ।
तिवारी महासंघको केन्द्रिय सचिव समेत हुन्। महासंघका केन्द्रिय महासचिव रामप्रसाद दाहालले यसबारे जानकारी दिएका हुन्।

दाहालले पठाएको मनोनयनपत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०८१ माघ २८ र २९ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेको बैठकको निर्णय अनुसार मनोनयन गरेको जनाएका हुन्। सो पत्रमा तपाईलाई मधेस,मोफसल मिडिया विभागको संयोजकमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु दाहालले लेखेका छन्।

महासंघको विधानका उद्देश्यहरूको परिपूर्ति र महासंघको हित सम्बद्र्धन गर्न विभिन्न विभाग तथा समितिहरू निर्माण गर्ने क्रममा सो विभाग गठन भई तपाईलाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको छ दाहालको पत्रमा लेखिएको छ।महासंघ केन्द्रीय कार्यसमितिसँग समन्वय गरी आफ्नो कार्यविधि निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा तपाईबाट उल्लेख्य सहयोग हुनेमा महासंघ विश्वस्त रहेको छ भन्दै दाहालले आफ्नो पत्रमा तिवारीलाई बधाई दिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close