
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको विरोधमा नेपाल तरुण दल पर्साले आज प्रदर्शन गरेको छ । बिहीबार साँझ घण्टाघर चाेकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे विराेधमा नाराबाजी गर्दै राजीनामा समेत को माग गरिएको छ ।
प्रदर्शन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तरुण दल पर्साका अध्यक्ष विकाश तिवारीले नेपाली कांग्रेसका नेता तथा सह-महामन्त्री महेन्द्र यादव माथी भएको संघातक हमला सन्खादस्पक तथा सुन्योजित काण्ड भएको बताए । त्यसतै उहाले आजको कार्यक्रम सांकेतिक मात्र रहेको तथा भोलिका दिनमा थप उग्ररूपले आन्दोलन गर्ने बताए । उनले जब जब देशमा अजरक्ता फैलिएको छ तबतब तरुण दलले शान्तिको लागि लडेको बताए । अबको दिनमा सम्पुर्ण युवाहरु लाई तैयारी अवस्थामा बस्नका लागि उनले आग्रह गरे । अब आन्दोलन थप उग्र रुपले गर्ने बताए।
त्यस्तै आयाेजित प्रदर्शनको काेणसभामा बाेल्दै नेपाली कांग्रेसका पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेपाल सरकार का गृहमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचारीहरु लाई सरक्षण गरेको,माफियाहरु संग मिलेर सुन तस्करी गराउने गरेको आरोप लगाए । त्यस्तै महेन्द्र यादव माथी हमला गर्ने सापकोटा बहेका मुख्य नायक तथा रनितिकार लाई अहिले सम्म पत्ता नलाएको प्रती गृहमन्त्री को आलोचना समेत गरेका छन । नेता यादमाथि भएकाे सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गर्दै उनले लाेकतन्त्र र गणतन्त्रका विराेधी शक्तिहरु कांग्रेसलाई तर्साउने हर्कतमा लागेकाे भएपनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए ।अहिले जुन घटना भएको छ त्यस्ता घट्नामा सरकारले तुरुन्त कार्वाही नगरे त्यस्ता नेपाल तरुण दल लगायत नेपाली कांग्रेस देशैभर आन्दाेलन चर्काउने चेतावनीसमेत दिएका छन ।
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा तरुण दलका नेता कालु सिंह, तरुण दलका सचिव समीर मन्सुरी,अभय कर्न,केशव,रुस्तम,कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा ने. बि संघका केन्द्रिय सदस्य नेतृ नेहा मिश्र,मुनराज तिवारी,मिकु सिंह,जे.पी.ठाकुर लगायत विभिन्न नेपाली कांग्रेसको भातृ संगठन का नेता कार्यकर्ता को उपस्तिथि रहेको थियो ।




