भन्सार चोरी गरेर लियाइएको लत्ताकपडा बरामद

राहुल गुप्ता

पर्सा जिल्लाको विरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट असोज २४ गते करीव २ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित साईकल बरामद भएको छ । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जनाएका छ। दसैं तिहारको मोका छोपी बिरगंजको नाका हुँदै अहिले अबैध रुपमा कपडा लगायत विभिन्न सामाग्रीहरु को ओसारपसार भइरहेको छ । तर अहिले सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी नायब उपरीक्षक संगम श्रेष्ठ आए पछि तस्करहरु ले बारा जिल्लाको नाकाबाट अबैध समानहरु तस्करी गरिरहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close