
संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले नेपाली कांग्रेस मधेश प्रदेशका ८ वटै जिल्लाका नेताहरूसँग वीरगंजमा महत्वपूर्ण र गम्भीर विचार-विमर्श गरेका छन्।
बैठकमा मधेश प्रदेशमा पार्टी संगठन सुदृढीकरण र पार्टि लाई कसरी बलियो बनाउन सकिन्छ,आगामी निर्वाचनका रणनीति, प्रदेश र स्थानीय तहमा देखिएका राजनीतिक समस्याहरू लगायतका विषयमा गहिरो छलफल भएको स्रोतले जनाएको छ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले हालै नेपाली कांग्रेस मधेश प्रदेशका ८ वटै जिल्लाका नेताहरूसँग गम्भीर विचार विमर्श गरेका छन्। यस भेटघाटमा उनले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा विस्तृत छलफल गरेका थिए।
अमात्यले विशेषगरी निम्न विषयमा जोड दिएका थिए:
संगठनात्मक एकता: उनले पार्टीभित्र आन्तरिक एकता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिए। गुटबन्दीको अन्त्य र सबै तहका कार्यकर्ताहरूलाई समान अवसर दिनुपर्ने आफनो धारणा राखेका थिए।
स्थानीय तहमा सशक्त उपस्थिति: मधेश प्रदेशका जिल्लाहरूमा कांग्रेसको सशक्त उपस्थिति बनाउन स्थानीय नेताहरूले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने उनले बताए।
युवा सहभागिता: पार्टीमा नयाँ पुस्ताको सहभागिता अभिवृद्धि गर्नुपर्ने र युवालाई नेतृत्व विकासको अवसर दिनुपर्ने कुरामा अमात्यले जोड दिए।
नीति र कार्यक्रम: कांग्रेसको नीति, आदर्श र लोकतान्त्रिक मूल्यलाई जनस्तरसम्म पुर्याउने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
चुनावी तयारी: आगामी निर्वाचनलाई लक्षित गरी पार्टी संरचना सुदृढ बनाउने र जनसम्पर्क विस्तार गर्ने रणनीति बनाउने कुरामा छलफल गरेका थिए।
उक्त विचार विमर्श बैठक सविंधान सभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पुर्ब सभापती राजेन्द्र बहादुर अमात्यको प्रमुख अतिथिमा तथा मधेश प्रदेशका यातायात मन्त्री कौशल किशोर राय यादवको बिशिष्ट अतिथीमा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका पदाधिकारी,क्षेत्रीय सभापती,वडा इकाई सभापतिहरु इत्यादी व्यक्तिहरुको उपस्थिती रहेको थियो।




