
जसपा नेपालका केन्द्रीय सदस्य अशोक कुमार सिंह सहित २५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह ले जसपा नेपाल छोडेर आएकाहरु लाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.३ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशि नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका क्षेत्र नं.-३ का क्षेत्रिय सभापति पुण्य प्रसाद घिमिरे जानकारी दिए ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, निवर्तमान सभापति नागेन्द्र कुमार, प्रदेश सांसद जंगीलाल यादव,नेता कृष्णदेव यादव, क्षेत्रिय सभापति पुण्य प्रसाद घिमिरे, नगर सभापति उपेन्द्र महतो,मेयर पदका प्रत्यासी विगु प्रसाद चौधरी लगायतका नेताकार्यकर्ताकाे सहभागिता रहेको थियो ।




