सशस्त्र प्रहरी बल द्वारा ५ के.जी. लागु औषध गाजा सहित मोटरसाइकल नियन्त्रणमा

सशस्त्र प्रहरी बल द्वारा ५ के.जी. लागु औषध गाजा सहित मोटरसाइकल नियन्त्रणमा

वीरगञ्ज।सशस्त्र प्रहरी बल द्वारा ५ के.जी. लागु औषध गाजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नं ४ स्थित बन्जारी पोखरीया भिष्वा सडक खण्ड बाट ५ के .जी. लागु औषध गाजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ गण अन्तर्गत सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि. भिष्वाको चेक प्वाईन्ट टोलीलाई देख्‍नासाथ पोखरियाबाट भिष्वातर्फ आउँदै गरेको ईन्जिन नं. 07H15E19033, च्यासिस नं. 07H16F20878 भएको JP32CD5560 नम्बरको कालो रंगको HERO HONDA SPLENDOR भारतीय मोटर साईकल छाडी व्यक्ति भागि भागेको थियो।

उक्त मोटरसाइकल लाइ चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको ५ के.जी.प्रतिबन्धित लागुऔषध गाँजा पाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए साथै ५ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा र मोटरससइकल सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close