
जिल्ला पर्सा जगरनाथपुर गा.पा. ४ बिजबनिया स्थित सशस्त्र प्रहरी बल नं १३ गण सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको मोवाईल टोलि लाई देखी भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ३,८५,०००।- बराबरको भैसी-७,रांगा-४,पांडा-८,र पांडी-१ गरी जम्मा २० वटा पशु चौपाया सोही स्थानमा छाडी ब भागेका थिए ।
उक्त पशु चौपाय नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ ले जानकारी गराएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस




