जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका कारण लापरबाहीका कारण सेवा ग्राही दैनिक सास्ती सास्ती खेप्दै

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका कारण लापरबाहीका कारण सेवा ग्राही दैनिक सास्ती सास्ती खेप्दै

राहुल गुप्ता
पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीका कारण सेवा ग्राहिलाई दिनहु सास्ती खेप्नु परिरहेको छ। गाउपालिकाको कामले दिनहु जसो आउने सेवा ग्राहीले गाउपलिका अध्यक्ष अनोज चौधरी अनुपस्थितीले रित्तो हात फर्किन बाध्य भएको स्थानीयहरुले बताउने गरेका छन । अध्यक्ष अनुज चौधरी आफ्नो कार्यलय समयमा कैले बस्ने गरेका छैनन । विभिन्न किसिमका लागि सिफारिसको लागि आउने ब्यक्तिहरुले फोन गर्दा समेत अध्यक्षले उठाउने गरेका छैनन ।

उनी गाउपालिकाको कार्यालयमा उपस्थित नहुनु मुख्य कारण बिकास निर्माणका कार्यका लागि बिचौलियाको सेटिङ्गमा घरबाटै कार्यालय संचालन गरिहेको स्थानिय वासीहरुले बताएका छन।आमनागरिकको समस्या समाधानका लागि हप्तौं कुर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई रहेको छ। गाउँपालिकाको कर्मचारीहरुको मिलोमतोमा बिकास निर्माणको कार्यमा ठेकेदार संगको साट्घाट बाहिरै बसेर गर्ने गरेका छन।

त्यस्तै ठेकेदारहरु संग सेटिङ नमिले पछि उक्त गाउँपालिकाको विभिन्न विकासका कामहरु ओझेलमा परेका छन । उक्त गाउपालिकाको विभिन्न वडाहरु बर्सेनि वर्षातको मैसममा डुबानमा पर्ने गरेको छ । पानीको निकास नभएपछी जनधनको छती हुनुका साथै खेती बालिमा पनि असर पर्ने गरेको स्थानीयहरु ले बताए ।

जनताको सेवक रुपमा जिताएको ब्यक्तिले जनताको पैसामा नै रजाइ गरेपछि हैरानी खेप्नु परेको छ । उक्त गाउँपालिकामा विभिन्न बहानामा गाउपालिकाको सरकारी गाडिको दुरुपयोग पनि धेरै भएको पाइएको छ । सरकारी बिदाका दिनमा पनि गाडी आसेपासेले चलाउने गरेको स्थानीयहरुको आरोपको भिडियो हामी संग रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close