सशस्त्र प्रहरी बलको स्थपना दिवसमा प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सशस्त्र प्रहरी बलको स्थपना दिवसमा प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

राहुल गुप्ता
नेपाल सशस्त्र प्रहरीको २३औं वार्षिक स्थापना दिवसको अवसर पारेर आज निशुल्क स्वास्थ शिविर तथा निशुल्क औषधि वितरणको कार्यक्रम सम्पन्न भएको छ । बिरगंजमा बिरामीको लागि पहिलो रोजाइको रुपमा रहेको प्रभु हस्पिटलको प्राविधिक सहकार्यमा निशुल्क स्वास्थ्य एवं निशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज भएको निशुल्क शिविरमा महिला बालबालिका एवं वृद्धहरु सहित करिब २५० जनाको चेक जाँच गर्नुका साथै निशुल्क रुपमा औषधिहरु बितरण समेत गरिएको प्रभु होस्पिटलका प्रशासन अधिकृत दिलिप राज कार्कीले बताए ।

स्वास्थ शिविरमा प्रभु होस्पिटलका वरिष्ठ फिजिसियन डा.शिवकुमार झा,वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.अरविन्द साह,वरिष्ठ दन्त रोग विशेषज्ञ डा.ज्योति गुप्ताको प्रत्येक्ष उपस्तिथि रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन पर्सा प्रमुख दिनेश सागर भुषाल,नेपाल प्रहरीका पर्सा प्रमुख प्रहरी उपरीक्षक कोमल शाह सहायक प्र.जि.अ. शिव प्र.लम्साल,सशस्त्र प्रहरी उपरीक्षक किशन बज्राचार्य सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह ,नायब उपरीक्षक संगम श्रेष्ठ,प्रभु हस्पिटल संचालक डा.मनोज गुप्ता,डा.लक्ष्मी थापा ,प्रभु बैंकका ब्यवस्थापक चन्दन गुप्ता ,समाजसेवि रविन्द्र महतो,सुरज सरार्फ,राज साह लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close