
सोमबारका दिन मित्र राष्ट भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा पोखरीया नगरपालिका मा ८ गते माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाउनु का साथै प्राण प्रतिष्ठान हुने दिन नगरपालिका भरी नै दिप प्रजुलित गरि दिपावली मनाउन आवहान गरिएको छ ।
पोखरीया नगरपालिका का मेयर प्रधुमन चौहानको निर्णय अनुसार प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ८ गते नगरपालिका भित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन् ।
राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभइ पुरै संसारको लागी चासोको विषय बनेको छ । राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घराना देखि बलिउडका ठूला कलाकारहरूले स्वेच्छाले करोडौं चन्दा दिएका छन्।
त्यतिमात्र नभइ भारतका ठूला ठूला सेलिब्रिटीहरु अहिले अयोध्या केन्द्रित भएकाले संसारमै चर्चा र चासोको विषय बनेको छ। अहिले भारतका अधिकांश राष्ट्रिय मिडियाहरु पनि अयोध्या केन्द्रित भएकाले सिंगो भारत र नेपाल पनि राममय बनेको जगरनाथ गाउपालिकाले पनि सो दिन हसउल्लाहका साथ मनाउन लागेको छ ।





