
काठमाडौं । गगन कुमार थापाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा १९ जनालाई मनोनित गरेका छन्। सोमबार पार्टी सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।
केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मनोनित हुनेमा पूर्व सभापति निकटदेखि नेता समूहका नेतासम्म परेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव ले जारी गरेको विज्ञप्तिमा सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १९ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको उल्लेख गरिएको छ।
गत पुस मसान्तमा सम्पन्न महाधिवेशनबाट १३४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो। संशोधित विधानअनुसार सभापतिलाई ६१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार रहेको छ।
यी हुन् मनोनित भएका केन्द्रीय सदस्यहरु
१. श्री महेन्द्र यादव — धनुषा
२. श्री जीवन परियार — कास्की
३. श्री उमेश श्रेष्ठ — चितवन
४. श्री रमेश रिजाल — पर्सा
५. श्री सुजाता कोइराला — मोरङ
६. श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी
८. श्री अजयकुमार चौरसिया — पर्सा
९. श्री लक्ष्मी परियार — उदयपुर
१०. श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. श्री दिनेशकुमार यादव — सप्तरी
१२. श्री राजीव कोइराला — सुनसरी
१३. श्री राजीव ढुंगाना — सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. श्री सुशिला मिश्र भट्ट — कैलाली
१६. श्री नागिना यादव — महोत्तरी
१७. श्री दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. श्री सीता थपलिया (उर्मिला) — धादिङ



