
राहुल गुप्ता
पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा बच्चाको दर्दनाक अवस्थालाई हेरेर सानो पाइला संस्थाले उनिहरुको सम्पुर्ण जिम्मेवारी लिने भएको छ।
केही दिन पहिला मात्र एउटी सहारा रहेकी हजुर आमा (नानी) समेत को मृत्यु भए पछि बेसहारा भएका उनिहरु को सम्पुर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संचालक
कन्चन झाले जानकारी गराएका छन ।
बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा ठाकुरलाई सानो देखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनिहरुको जिवनमा अर्को दुःखको पहाड थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनिहरुलाई खान समेत गाह्रो भईरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन् भने उनिहरुलाई सहयोगको एकदमै खाँचो रहेको छ ।
आफ्नी हजुरआमा कि क्रिया बसेकी पिर्यंका ठाकुर उक्त क्रिया को काम सोमबार समाप्त हुनेछ, सोमबार क्रिया समाप्त हुने बित्तिकै बीरगञ्जस्थित सानो पाइलाको सानो घर मा तिनी बहिनीहरूलाई ल्याइ सम्पुर्ण हेरचाह गरिदिने भएको छ ।
त्यस्तै उनिहरु को सहयोगको लागि पैला देखि आवाह गरिएकोले अब सम्पुर्ण समान, पैसाको लगायतको कलेक्सन तुरुन्तै रोक्दिनुहोला सानो पाइलाले अनुरोध समेत गरेको छ । सहयोग बापत आएको पैसाहरू जहाँबाट पनि आएको छ तिनीहरूलाई फिर्ता गरिदिन अनुरोध समेत गरेको छ ।




