जय नेपाल फाउन्डेसनको पर्सा संयाेजकमा युवा नेता मनाेहर साह

जय नेपाल फाउन्डेसनको पर्सा संयाेजकमा युवा नेता मनाेहर साह

वीरगन्ज,१५फाल्गुन:जय नेपाल फाउन्डेसन नेपालकाे पर्सा जिल्ला संयाेजकमा वीरगन्जका कांग्रेस युवा नेता मनाेहर साह मनाेनित भएका छन्।कांग्रेस वीरगन्ज महानगरका पूर्वसचिव समेत रहेका साह जय नेपाल फाउन्डेसनको मधेस प्रदेश समितिकाे सदस्यपनि बनेका छन् ।

जय नेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्री अर्यालले फाउन्डेसनको पर्सा जिल्ला संयाेजक र मधेस प्रदेश समिति सदस्यमा साहलाई मनाेनित गरेका हुन्।यस्तै फाउन्डेसनको मधेस प्रदेशकाे संयाेजकममा नवलकिशाेर यादवलाई दिइएको छ।

फाउन्डेसनको बारा संयाेजकमा हरि नारायण कुशवाहा,राैतहट संयाेजकमा अशाेक कुशवाहा,सर्लाही संयाेजकमा ठाकुर प्रसाद बख्रेल,महाेत्तरी संयाेजकमा रामचन्द्र यादव,धनुषा संयाेजकमा सञ्जय कुमार यादव,सिरहा संयाेजकमा रामचन्द्र यादव र सप्तरी संयाेजकमा अर्जुन प्रसाद शाहलाई मनाेनित गरिएको फाउन्डेसनका केन्द्रीय अध्यक्ष अर्यालले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close