अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक मूलधारमा प्रवेश

अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मूलधारमा प्रवेश गरेको छ । नेपाल र नेपाली जनताका लागी यो खुशिको कुरा हो । त्यसका लागी ३ बुँदे सहमति नै मिलन बिन्दु बनेको छ । अव विप्लव समूह संवाद , सहमति र सहकार्यको राजनीतिबाट अघि बढने देखिन्छ । सवै राजनीतिक समस्याको समाधान नै संवाद र सहमति हो । ढिलै भए पनि बिप्लवले कुरा बुझे ।

उनको पाटीले अव आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने छन भन्र्ने बुझनु पर्छ । सरकारले पनि उक्त पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । सरकारले सम्पूर्ण बन्दी रिहाइ एवं मुद्दा खारेजी गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तिन वुँदे सहमतिअनुसार बिहीबारै प्रतिबन्ध फुकुवा गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता चन्दले आज संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अशान्तिले कसैलाई फाइदा गदैन ।

अव मुलुक शान्तिमा गयो । देश पुनः अशान्तितर्फ जाने होकी भन्ने जनतामा एक खालको चिन्ता थियो । त्यो अव हट्यो । माओवादीको १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १८ हजारले ज्यान गुमाएका थिए । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ६५ हजारभन्दा बढी उजुरी परेका छन्। अझै पनि तिनको छिनोफानो हुन सकेको छैन। बिप्लव समूहलाई राजनीतिक मूलबाटोमा ल्याउन सरकारले चार महिनायता घनीभूत पहल गरेको थियो। अन्ततः सफल भएको छ ।

राजनीतिक मुद्दाको समाधान राजनीतिक विधि र पद्धतिबाट मात्र हल हुन्छ । अव कसैले हिंसा र अशान्तिको बाटो अवलम्बन गर्नुहुन्न। सरकारको शान्तिको यो पहल प्रशंसनीय छ। जनता सदा शान्ति चाहन्छन्। त्यसैले अशान्तिको गलत बाटो सदाका लागी बन्द गरिनुपर्छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट के सम्बोधन गर्छन भन्ने कुरा सवैको चासोको बिषय बनेको छ । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् । दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका ३ बुँदे सहमति नै यसको आधार बनेको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका चन्द नेकपाका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् ।

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।सरकार र विप्लव समूहको वार्ता सफल भएको छ । यो सकारात्मक कुरा हो । देशले शान्ति खोजेको छ ।

सरकारले यो राम्रो काम गरेको हो । राम्रो कामको सवैले प्रशंसा गर्नु पर्छ । बिप्लव समूह शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनु राम्रो कुरा हो । हिंसाको राजनीति राम्रो होइन ।

विप्लव समूहले आफूलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजेकै हो ।तत्कालीन नेकपा माओवादीमा देखिएको असन्तुष्टिलाई यो समूहले प्रतिनिधित्व गरेको हो । यो समूहले मोरङ, जाजरकोट, डोल्पाका एनसेलका दुई दर्जन जति टावरमा आक्रमण गरेको थियो । सबैखाले राजनीतिक समस्या वार्ताबाट समाधान भएका छन । सरकारले सीके राउत समूहलाई पनि वार्ताकै माध्यमबाट मूलधारमा ल्याएको हो ।

विगतमा पनि राजनीतिक द्वन्द्व संवाद, सहमति र सहकार्यवाट समाधान भएका हुन । अहिलेको राजनीतिक परिवर्तनको आधार पनि संवाद, सहमति र सहकार्य नै हो । वर्तमान नेपालले विद्रोह होइन विकास चाहेको छ । खासगरी विप्लव समूहले जनताका चाहनालाई आत्मसात् गरेको छ । उसले हिंसात्मक राजनीति राष्ट्रिय हितमा छैन भन्ने बुझेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close