अश्लील रुपमा नभैइ सभ्य तरिकाले होली मनाउन एसपी दुङ्गेलको आग्रह ।

अश्लील रुपमा नभैइ सभ्य तरिकाले होली मनाउन एसपी दुङ्गेलको आग्रह ।

राहुल गुप्ता
तराईमा मनाउने होली नजिकिदै सङै जिल्ला प्रहरी कार्यालय पर्साले होलि सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।

हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागु पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन एउटा सन्देश जारी गर्दै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले आग्रह गरेका हुन् ।

पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भभाव र एकताको सन्देश दिनेगरी होली मनाउन एसपी दुङ्गेलको सुझाव छ ।

एसपी दुङ्गेलले होली खेल्दा रंग बाहेक अण्डा,मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्न समेत आग्रह गरेका छन्।दुङ्गेलले सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न,मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन,हेलमेटको अनिवार्य प्रयोग गर्न,बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि अनुरोध गरेका छन्।अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान,कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन,होली खेल्दा मनोरञ्‍जनको नाममा गाँजा,भंग र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नसालु पदार्थ सेवन नगर्न पनि एसपी कुमोद दुङ्गेलको अनुरोध छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close