नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २५ लाखको भबनको शिलान्यास

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २५ लाखको भबनको शिलान्यास

राहुल गुप्ता
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्सा महुवन स्थित उपशाखाको भवनको शिलान्यास गरिएको छ । शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ५ महुवनमा रहेको नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष जसवन्त यादवद्वारा सम्पन्न गरिएको छ ।

२५ लाख बजेट सहयोगमा भुई तल्लामा दुई वटा कोठा र माथी हल बन्न लागेको उपशाखाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले आफु लाई जनताले मानविय सेवाको जिताएको तथा आफू जहिले पनि जनताको काममा अगाडी रहने बताउनु भयो । अहिले शिलान्यास भएको भवन आउने दिनमा मानवीय सहायताको काममा अझ सहज हुने बताउनु भयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले संघियता पछि विपत व्यवस्थापको जिम्मेवारी पनि स्थानीय सरकारमा रहेकोले विपत व्यवस्थापनमा अझ सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए ।उनले अव स्थानीय स्तरमा रक्तदान कार्यक्रमको आयोजना गर्न तथा विपतको तयारीमा यो भवन सहयोगी हुने बताए । पालिकाले रेडक्रमको भवन निर्माण कार्य अगाडी बढाएकोमा जिल्ला शाखाको तर्फबाट धन्यवाद समेत दिए ।

नेपाल रेडक्रस सोसाइटीको उपशाखा महवुनका सभापति जदु साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य महादेव शाह, समाज सेवी बिपिन रौनियार, गौरी यादव, झोटी शाह, कन्हैया शाह, राजेश दहैत लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close