बालिकालाई जबरजस्ती करणी गर्ने ठोरी सुवर्णपुरका परियार प्रहरी नियन्त्रणमा ।

बिरगंज , साउन ०३ गते आइतबार ।

बालिकालाई जबरजस्ती करणि गर्ने ठोरी सुवर्णपुरका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहि असार २८ गते साँझदेखि नै पीडित १३ वर्षीया बालिकाको शारीरिक र मानसिक व्यवहारमा अस्वाभाविक परिवर्तन भएको महसुस गरी असार ३१ गते १७.०० बजे निजको अभिभावकले सोधपुछ गर्दा असार २८ गते १५.०० बजे जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर बस्ने वर्ष ४८ को सुनिलकुमार परियारले आफ्ना नाबालक छोराहरूसँग पीडित बालिका खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको हुँदा साउन १ गते पीडित बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरी दरखास्तको आधारमा सुनिल कुमार परियारलाई सोही दिन साझ ६ बजे नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close