हेटौंडाको एक होटलमा युवती मृत फेला

हेटौंडाको एक होटलमा युवती मृत फेला

हेटौंडा १० भुटनदेवी मन्दिर रोडमा रहेको होटलको कोठामा एकजना युवती मृत अवस्थामा फेला परेकी छिन्। हेटौंडा १०को रत्न होटलको कोठामा युवती मृत अवस्थामा फेला परेकी हुन् ।आइतबार साँझ होटलको कोठा लिएर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौंडा-११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) लक्ष्मी भण्डारीका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । न्यौपाने आइतबार साँझ करिब ५ बजेतिर एक युवकसँग होटल पुगेकी थिइन् ।

सोमबार बिहान अबेरसम्म होटलको कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर भित्रबाट कोठाको ढोका बन्द गरी झ्यालबाट भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरुले मदिरा र खाजा मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निस्किएको दृश्य सीसी क्यामेरामा कैद भएको प्रहरीले बताएको छ । मृतक युवतीको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको र युवतीसँगै बसेका युवकको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close