जगरनाथपुरमा नवनिर्मित आधुनिक कृषि भवन गाँउपालिकालाई हस्तान्तरण,अध्यक्ष यादवले गरे उद्घाटन

जगरनाथपुरमा नवनिर्मित आधुनिक कृषि भवन गाँउपालिकालाई हस्तान्तरण,अध्यक्ष यादवले गरे उद्घाटन

राहुल गुप्ता
पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा नविनिर्मत कृषि तथा पशुपन्छी केन्द्रको भवन आइतबार गाँउपालिकालाई हस्तान्तरण गरिएको छ।ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबासबाट प्राप्त २ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको आधुनिक भवन आइतबार गाँउपालिकालाई हस्तान्तरण गरिएको हो।

आइतबार आयाेजित कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसाले गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवलाई ओैपचारिक रुपमा उक्त भवन हस्तान्तरण गरे।गाउँपालिकाले संचालनको सम्पूर्ण जिम्मेवारी लिएको केन्द्रकाे उद्दघाटनपनि आइतबार नै गाँउपालिका अध्यक्ष यादवले गरे।

त्यसअवसरमा गाउँपालिका अध्यक्ष यादवले कृषि तथा पशुपन्छी केन्द्रको भवन निर्माण र केन्द्र सञ्चालनले पालिकाका किसानहरु लाभान्वित हुने बताए।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री ,वडाध्यक्षहरु नेपाली कुशावाहा, शुभाष यादव,गाँउपालिकाकाे कृषि तथा पशु सेवा शाखा प्रमुख दयानन्द चौहान लगायतकाेपनि सहभागीता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close