भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवलाई कलैयामा भब्य स्वागत

भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवलाई कलैयामा भब्य स्वागत

राहुल गुप्ता
मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव लाई कलैया उपमहानगरपालिकामा भव्य स्वागत तथा सम्मान गरिएको छ। कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री यादवलाई स्वागत तथा सम्मान गरिएको छ।

स्वागत तथा सम्मान कार्यक्रममा सम्मान थाप्दै मन्त्री यादवले यसवर्ष कलैया उपमहानगरपालिकालाई प्रदेश सरकारको तर्फबाट १ करोड ५ लाख शसर्त अनुदान, बाराको ८ निर्वाचन क्षेत्रमा ८ सडक, ८ पुल तथा थप बजेटहरु प्रदान गरिने जानकारी दिनुभयो।

त्यस्तै नगरप्रमुख साह नेतृत्वको टोलिले मन्त्री यादव संगै कलैयाको गौरवको योजनाहरु टाउन हल, कलैया बजार, रामजानकी मन्दिर, कृषि बजार, कलैया अस्पतालको अनुगमन गराएका थिए। अनुगमन पछि मन्त्री यादवले कलैयाको सर्वाङ्गिक विकाशका लागि भरपुर बजेट प्रदान गरिने बताए। कार्यक्रममा प्रदेशसभा सदस्यहरु म.समीर, रविन्द्रदास श्रेष्ठ, त्रीलोकी चौधरी, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेय, उपप्रमुख रौशन प्रविन, प्रप्रअ नाथु साह, वडाध्यक्ष, कार्यपालिका सदस्य नखेबिसका संयोजक एम.समिउल्लाह तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close