सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयार

काठमाडौं – सरकारले नेपाली भूमिको सुरक्षार्थ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ)को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) संख्या ५ सय पुर्‍याउने तयारी गरेको छ ।

नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा ५ सय बीओपी पुर्‍याउने तयारी गरिएको हो ।

भारतसँग सीमा जोडिएको १ हजार ८ सय ८० किमि क्षेत्रमा ४ सय ९० बीओपी पुर्‍याइने छ भने चीनसँग सीमा जोडिएका क्षेत्रमा १० देखि १२ वटासम्म बीओपी थपिने छ ।

१५ जिल्लाले सीमा छोएको चीनसँग नेपालको १ हजार ४ सय १४ किमि भू-भाग जोडिएको छ ।

हाल भारततर्फ १ सय २० बीओपी रहेकोमा ३ सय ७० बीओपी थप्‍ने गरी योजना बनेको हो ।

बढीमा २ वर्षभित्र हाल रहेका बीओपी संख्यालाई बढाएर २ सय २१ पुर्‍याइने गृह मन्त्रालयले जनाएको छ ।

चीनसँग सीमा जोडिएको कोरला, हिल्सा, मनाङ, बझाङ, ताप्लेजुङ, सिन्धुपाल्चोक, रसुवा र दोलखामा बीओपी राख्‍ने गरी मोडालिटी बनाइदै छ ।

बुधबार मात्रै दार्चुलाको छाङरुमा भारतीय सीमा नजिकै बीओपी राखिएको छ । त्यसअघि संखुवासभाको किमाथांका नाकामा पनि बीओपी राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।khabarhub

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close