
राहुल गुप्ता
केहि दिनको अविरलले काठमाडौ लगायत देश भरी नै तबाही मचाएको छ।वर्षाले आएको बाढीले क्षति पुर्याउनुका साथै घरहरु डुबानमा परेका कारण काठमाडौ लगायत धेरै ठाउँका मान्छेहरु बिस्थापित हुन पुगेका छ । भने हाल सम्म ११२ जना भन्दा बढीले आफ्नो ज्यान गुमाएका छन त्यस्तै मात्रै ६७ जना भन्दा बढी बेपत्ता भएको अवस्था छ ।
यसै क्रममा बाढी बाट प्रभावित भएका तथा खाना खानबाट बन्चित भएका करिब तीन सय सुकुम्बासी परिवार आज राहत सामग्री बढिएको छ । वीरगन्जका डा.जुनैद अहमद र डा.अश्लोक प्रताप सिंहले आफ्नो ब्यक्तिगत पैसाले काठमाडौको बल्खुमा रहेका तीन सय जना सुकुम्बासीहरूलाई फलफूल, गेडागुडी वितरण गरी सहयोग प्रदान गरेका छन्।
त्यस्तै उक्त परिवारमा रहेका गर्भबती महिलाहरु लाई दूध र केही पैसा समेत वितरण गरिएको जनाएका छन।दुबै डाक्टरका अनुसार बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले ंसहयोग गर्न अगाडी आएको बताए। यो सहयोगले उनीहरूको दैनिक जीवनमा केही राहत पुर्याउने र समाजमा सहयोगको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखेर आफुहरु सहयोग गरेको बताएका छन।
अविरल बर्षाका कारण काठमाडौ जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेको छ ।




