हिन्दू धर्ममाथि ठेस पुर्याउने जफर अन्सारीको गैरजिम्मेवार वक्तव्य विरुद्ध कारबाहीको माँग

हिन्दू धर्ममाथि ठेस पुर्याउने जफर अन्सारीको गैरजिम्मेवार वक्तव्य विरुद्ध कारबाहीको माँग

राहुल गुप्ता
हिन्दू धर्ममाथि ठेस पुर्याउने जफर अन्सारीको गैरजिम्मेवार
वक्तव्य विरुद्ध तुरुन्त कडा कानुनी कारबाहीको माँग गर्दै विश्व हिन्दु परिषद नेपाल पर्साका अध्यक्ष बृजेशकुमार मल्लिकणले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका छन।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि यहाँको मूल सभ्यता, संस्कार, र सांस्कृतिक विरासत हिन्दू धर्मसंग गहिरो नाता राख्दछ। हिन्दू धर्मका अनुयायीहरू आफ्नो धार्मिक आस्था, परम्परा,र संस्कारप्रति गर्व गर्छन्। यो धरोहरलाई बचाउन र धार्मिक आस्थामाथि कुनै प्रकारको प्रहार हुन नदिनु राज्यको प्रमुख जिम्मेवारी हो । तर, पछिल्लो समय नेपाल मुस्लिम संघको कार्यक्रममा बोल्दै जफर अन्सारीले बीरगंजमा निकालिने हिन्दू धार्मिक रैली र रथयात्रालाई अराजक भन्ने गैरजिम्मेवार, अपमानजनक र असहिष्णु वक्तव्य दिइएको खबरले सम्पूर्ण हिन्दू समाज आक्रोशित भएको छ। अराजकता “सर्वे भवन्तु सुखिनः” (यस जगतमा सबै सुखि होउन) भन्ने र मान्नेहरुमा हुन्छ कि “ला इलाह इलल्लाह महम्मद रशुल्लाह” (महम्मद रशुल भन्दा अरु कोही पनि पुज्यनिय छैन) भन्नेहरु हो।अराजकता राष्ट्रियतालाई आफ्नो धर्म मान्नेहरुले गर्ने हुन् कि राष्ट्रिय झण्डाको अपमान गरी झण्डालाई नै हरियो बनाएर देशको अपमान गर्ने र धर्मको आडमा प्यालेस्टाइनको झण्डा बोकेर देश भरी
आतंकवादको प्रचार गर्नेहरु हुन्। अराजक धार्मिक यात्रा एवं सबै समाजलाई लिएर मैत्रिपूर्ण सद्भाव मुलक कार्य गर्नेहरु हुन् कि मितेरी पूल नजिकै रहेको शंकराचार्य ढोका नजिकै गएर नेपालमा बस्नु छ भने ” इस्लाम मान्नुपर्छ भन्नेमा हो कि शान्तिपुर्वक निकालिएको शोभायात्रा माथि ढुङ्गामुढा गर्नेहरु हुन्?

कि छुरा प्रहार गरेर भुँडीबाट आन्द्रा नै बाहिर निस्काल्ने गरी मृत्यु दिनेहरु हुन्? जफर अन्सारीको यो आपत्तिजनक टिप्पणीले हिन्दू धर्मको पवित्रता, अनुयायीहरूको आस्था, र धार्मिक एकतामा गम्भीर प्रहार गरेको छ । यो धर्ममाथिको सिधा आक्रमण हो, जसले सम्पूर्ण हिन्दू समुदायको आत्मसम्मान र विश्वासमाथि ठेस पुर्याएको छ। हाम्रो आस्था र परम्परामाथि अपमान गर्ने यो अभिव्यक्ति कुनै पनि प्रकारले सहय छैन ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापनपत्र मा जफर अन्सारीविरुद्ध तुरुन्तै कडा कानुनी कारबाही गर्न माग गर्दछौं। यसले हाम्रो समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने खतरा छ । यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न हुँदैन।हिन्दू धर्मको धार्मिक महत्वलाई हृदयदेखि अपमानित गर्ने कुनै पनि अभिव्यक्तिलाई राज्यले तुरुन्तै अपराध मान्दै सजाय दिनुपर्दछ ज्ञापनपत्रमा उल्लेख छ।

यो घटना हामी हिन्दूहरूको धार्मिक सहिष्णुता र धैर्यताको परीक्षण गर्ने प्रयास हो । प्रशासनले धार्मिक असहिष्णुता र साम्प्रदायिक तनावलाई न्यूनिकरण गर्न यस्ता आपत्तिजनक वक्तव्य दिने व्यक्तिहरूलाई तुरुन्त नियन्त्रणमा लिनु पर्दछ। यो घटनाले हाम्रो धार्मिक स्वतन्त्रता र सहिष्णुतामा गम्भीर खलल पुर्याएको छ, जसको समाधान तुरुन्त आवश्यकरहेको विश्व हिन्दु परिषद नेपालको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close