बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी ।

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी ।

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा गरिमा बिकास बैंक र ओम्नी ग्रुप बीच भएको थियो।ओम्नी ग्रुपले टस जितेर पहिलो व्याटिङ गरेको थियोे भने निर्धारित ६ ओभरको खेलमा ७३ रनको योगफल तयार पारेको थियो। ७४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको गरिमा बिकास बैंकका खेलाडीहरु ३६ रन मै अलाउट भएपछि ३७ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो।

आजको खेलको म्यान अफ दी म्याच २८ रन बनाएका ओम्नी ग्रुपका रिकेश यादव घोषित भएका छन।
प्रतियोगिता लायन्स क्लब अफ बिरगंज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close