निषेधाज्ञाको नाममा प्रहरी उदण्ड हुदैं, प्रहरीको कुटाईबाट होटल व्यवसायीको खुट्टा भाँच्चियो

निषेधाज्ञाको नाममा प्रहरी उदण्ड हुदैं, प्रहरीको कुटाईबाट होटल व्यवसायीको खुट्टा भाँच्चियो

बीरगन्ज, ५ जेठ – निषेधाज्ञालाई कडा बनाउने बहानामा बीरगन्जमा प्रहरी उदण्ड बन्दै गएको छ । सुरक्षाकर्मीको दुर्व्यवहार र कुटाईबाट सर्वसाधारण दिनहुँ पिडित बन्न थालेका छन् । निषेधाज्ञाको बेला बाहिर निस्कन नपाइने कुराको जानकारी हुदाँहुदैं पनि अत्यावश्यक सामानको जोहो गर्न र औषधी उपचारका लागि बाध्य भएर बाहिर निस्कने सर्वसाधारण प्रहरीबाट पिडित हुन थालेका छन् । के कारणले बाहिर आएको हो ? कारण नै नबुझी प्रहरीले सर्वसाधारणलाई अन्धाधुन्द लाठी प्रहार गर्छन् । केही दिन पहिला नेपाली सेनाले स्वास्थ्यकर्मी कुटेको, बच्चालाई दुध लिन निस्केका एक सर्वसाधारण र आमाको औषधी लिन निस्केका एक युवा सामाजिक अभियन्ता दिपु वर्णवाललाई प्रहरीले कुटेको केही दिन बित्न नपाउदैं फेरि एक होटल व्यवसायी प्रहरीको निशानामा परेका छन् l

बीरगन्जको बसपार्कका होटल व्यवसायी नागेन्द्र पटेलको प्रहरीको कुटाईबाट खुट्टा भाँच्चिएको छ । बच्चाको लागि दुध लिन हिजो बिहान बाहिर निस्केका पटेल पनि प्रहरीको निर्मम कुटाईबाट बच्न सकेनन् । बसपार्कमा कार्यरत असई लालबाबु साहले न त बाहिर निस्कनु कारण नै सोधें, न त कारण सुन्न नै चाहें, बस् तथानाम गाली गर्दै पटेलमाथि जाइलागे । असई साहले पटेललाई यतिसम्म कुटे कि पटेलको खुट्टा नै भाँच्चियो । निर्मम कुटाईबाट खुट्टा भाँच्चिएका पटेललाई परिवारजनले बीरगन्जस्थित नेशनल मेडिकल कलेज अस्पताल पु¥यायो । पटेलको भाँच्चिएको खु्ट्टाको पलस्टर गरिएको छ । अहिले उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।

निषेधाज्ञाको नाममा प्रहरीको उदण्डता र बर्बरताको श्रृखंलामा लगाम लगाउन पर्सा प्रहरीको नेतृत्व भने मौन छ । पत्रकारलाई समेत दुर्व्यवहार र कुट्न पछि नपर्ने केही उदण्ड प्रहरीले गर्दा पर्सा प्रहरी दिनहुँ बदनाम भइरहेको छ । पत्रकार यादव माथि पनि दुर्व्यवहार र हातपात गरेको सम्बन्धमा अनुसन्धान गरेर प्रहरी दोषी पाइए कारवाही गर्ने प्रतिबद्धता जनाएकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको अनुसन्धान कहिलेसम्म सक्किने हो, अत्तोपत्तो छैन । पत्रकारको दुई दिनको आन्दोलनमै दबाबमा परेकी एसपी पन्त दुई पत्रकार संक्रमित भएर आन्दोलन सेलाएपछि यसै मौकामा घटनालाई रफादफा गर्न खोजेकी हुन् कि के हो ? पर्सेली सन्चारकर्मीको प्रश्न छ ।

यता, निषेधाज्ञाको नाममा प्रहरीको उदण्डता र बर्बरताको श्रृखंला नरोकिदां सर्वसधारण दिनहुँ प्रहरीको सिकार भइरहेका छन् । सबै सर्वसाधारण एउटै प्रश्न छ “एसपी साब, पिडितलाई उचित न्याय तथा दोषी प्रहरीलाई कारवाही
हुन्छ कि हुदैंन, कि यसका लागि पनि आन्दोलनमै उत्रनु पर्छ ?”Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close