उर्जा तथा सिचाइ मन्त्री खड्का द्वारा जमुनी सिचाइ आयोजनाको बाकी काम पूरा गर्न निर्देशन

उर्जा तथा सिचाइ मन्त्री खड्का द्वारा जमुनी सिचाइ आयोजनाको बाकी काम पूरा गर्न निर्देशन

राहुल गुप्ता,पर्सा

बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनाको आज नेपाल सरकार का केन्द्रिय उर्जा तथा सिचाइ मन्त्री दिपक खडकाले स्थलगत निरिक्षण गरेका छ्न । निरीक्षणका क्रममा मन्त्री खड्काले मन्त्रालयका सचिव लाई अधुरो रहेको काम लाई तुरुन्त ठेक्का लगाइ काम लाई अघि बढाउन निर्देशन दिएका छन ।

नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले जमुनी सिचाइ आयोजनाको बारे मन्त्री खड्का लाई ध्यानाकर्षण गराएका थिए । उनले यस प्रहार डेलि अन लाइन संग कुरा गर्दै २०७२ साल माघदेखि आयोजनाको काम शुरु भएको थियो र सुरुमा यसको लागि २२ करोड ४० लाख ५१ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको सचिव रौनियारले बताए ।

जमुनी सिचाइ आयोजनामा कुल लागत एक अरब रहेको छ ।जसमा ७० करोड को काम समपन्न भैसकेको र ३० करोड काम बाकी रहेको छ । अर्थ मन्त्रालय बाट रकम को स्रोत सहमति बितिकै टेन्डर प्रक्रिया हुने छ र बाकी रहेको काम लाई टेन्डर द्वारा तुरुन्तै सुरु गर्ने मन्त्री ले बताएका छन । जसका लागि आज सचिव लाई मन्त्री ले ठाडो निर्देशन दिएर अर्थ को सहमति गराउन तथा चाडो टेन्डर प्रक्रिया लग्न भएका छन ।

सिचाइ को समस्या उक्त क्षेत्र मा समाधान यो आयोजना पूरा भएपछि बाराको पचरौता नगरपालिका, आदर्शकोतवाल गापा, सिम्रौनगढ नगरपालिका , तथा छिमेकी जिल्ला रौतहट को सिचाइ समस्या समाधान हुने बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close