युथ फेस्ट प्रतियोगिता वीरगन्जमा शुरु

युथ फेस्ट प्रतियोगिता वीरगन्जमा शुरु

राहुल गुप्ता
लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जको आयोजनामा युथ फेस्ट प्रतियोगिता आजदेखि शुरू भएको छ । वीरगन्ज स्थित बिपिसी कलेजको हलमा सो प्रतियोगिता शुरु भएको आयोजक कमिटीका अध्यक्ष बिकास चौहानले बताए ।

सो प्रतियोगिताको प्रमुख अतिथी संविधान सभा सदस्य अनिल रुङ्गटा रहेका थिए । युवाहरुमा लोकप्रिय छवि बनाएका तथा युवाहरुको प्रेणाको स्रोत रहेका उनले आफ्नो मन्तव्यमा यस्तो प्रतियोगिता ले अहिलेका विद्यार्थीहरुलाई पढाईको अतरिक्त अरु कार्यहरुमा पनि रुचि हुने बताएका छन । अहिलोको जवानामा पढाइको संगै गायन, नृत्य,बहस जस्ता विषयमा पनि अगाडि आवश्कता रहेको बताए।

विशिष्ट अतिथीका रुपमा रहेका नव निर्वाचित नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले कार्यक्रम सफलताको शुभकामना दिँदै युथ फेस्ट प्रतियोगिताले विधार्थिरुमा विभिन्न कला र संस्कृतिको विकास हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।उनले यस्ता कार्यक्रमहरु निरन्तरले विधार्थीहरुको वृद्धि हुने बताएका थिए ।

आजदेखि शुरू भएको यो प्रतियोगिता ३ दिनसम्म चल्ने लाइभ इभेन्ट एण्ड म्यानेजमेन्टका आकाश चौहानले जानकारी दिए । सो प्रतियोगितामा नेशनल इन्फोटेक कलेज, सिद्धार्थ सेकेण्डरी स्कूल, जीवन ज्योति सेकेण्डरी स्कूल, माइस्थान विद्यापीठ विधालय , मुनलाइट स्कूल, श्री शारदा सेकेण्डरी स्कूल, ज्ञान्दा एकेडेमी स्कुल, ब्राइट पब्लिक स्कूल, अल्पाइन सेकेण्डरी स्कूल, सनलाइट सेकेण्डरी स्कूल, एसआर ग्यालेक्सी सेकेण्डरी स्कूल, एमईएस स्कूलगरी १२ वडा विद्यालयहरूको सहभागीता रहेको रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close