
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साले खजुर र चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ,बिरगंज भन्सार कार्यालयको सहयोगमा सो समानहरु नियन्त्रणमा लिएको हो।
बिरगंज महानगरपालीका वडा नं १५ भिस्वा टोल स्थित राम नरेश साह तेलीको घरमा कोठा भाडामा लिई बस्दै आएका विकाश पटेल ले कोठा भित्र र उनले चलाएको बा.प्र.०३-००१ च ३१२३ नम्वरको म्याजिक भ्यान भित्र खजुर र चक्लेट अबैध रुपमा लुकाएर रखेका थिए ।
खजुर र चक्लेट बरामद गरी म्याजिक भ्यान सहित जम्मा रु.१२,१४,५६०।- मुल्यांकन गरि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साका सुचना अधिकारी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




