
टाईगर योङ्ग स्टार क्लब मलेसिया द्वारा खाद्यान्न अभावमा रहेका कामदार हरु लाई खाद्यन सामाग्री सहयोग।
कृष्ण गुप्ता
मलेसिया
क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस ( कोभिड 19 ) को संक्रमणले एतिबेला विश्वमाहामारीको रुप लिएर तिब्र गतिमा मानिसहरुको ज्यान लिईरहेको बेला विभिन्न मुलुकहरु र त्यहाँका सरकारले भाइरस बाट सुरक्षित रहन तथा रोकथाम गर्नका लागि निश्चित समायाबधीको लागि देशलाई लकडाउन गरेका छ्न ।
मलेसियामा पनि मलेसिया सरकारले गत मार्च १८ देखिनै आवागमन नियन्त्रण आदेश जारी गरेको छ । बन्दले प्रत्यक्ष अप्रत्यक्ष सबै क्षेत्रमा मा प्रभाव परेको छ ।
मलेसियाका कम्पनीहरुमा बैधानिक तथा अबैधानिक तरिकाले दैनिक ज्यालादारी गर्दै आएका नेपाल फर्किन लाग्नु भएको तर लक डाउन ले गर्दा अलपत्र पर्नु भएको नेपाली दाजुभाइ हरु लाई मोडल तथा भलिबल खेलाडी साथै टाईगर योङ्ग स्टार क्लब का ।
अध्यक्ष डि एस थापा र साथीहरु स्वयम उपस्थिति भएर मलेसियाको विभिन्न ठाउँमा पीडित हरु लाई खाद्यान्न सामाग्री सहयोग गरिरहेका छन।
साथै केही महिना अगाडि एक नेपाली चेली पीडित अबस्था मा रहेको लकडाउन ले गर्दा नेपाल जान नसक्ने
भई बच्चा सहित अलपत्र परेकी एक महिला लाई हेरचार गर्दै खाद्यान्न उपलब्ध गराई रहेको छ साथै केही हप्ता अगाडि पनि मलेसिया को ।
शाह आलम मा कम्पनी बन्द भएर १५ जना भोक भोकै बसिरहनु भएको नेपाली हरु लाई खाद्यान सामाग्री सहयोग गरेका थिए यश लगत्तै हिजो फेरि मलेसिया काे काप्पर मा समस्या मा पर्नु भएको ६ जना नेपालीलाई खाद्यान उपलब्ध गराएको छ।
पछिल्लो समयमा मलेसियामा नेपाली हरुमा निकै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमीत भेटिन थालेकोले सबैजना एतिबेला सम्यमित भएर सुरक्षा अपनाएर बस्न अनुरोध गर्दछौं।




