पटेर्वा सुगौली गाँउपालिकाको बजेट ४१ करोड ,प्राथमिकतामा : कृषि,उद्यम,शिक्षा र स्वास्थ्य

पटेर्वा सुगौली गाँउपालिकाको बजेट ४१ करोड ,प्राथमिकतामा : कृषि,उद्यम,शिक्षा र स्वास्थ्य

पर्साको पटेर्वा सुगौली गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

सोमबार पटेर्वा सुगौली गाँउपालिका–४ स्थित वडा कार्यालयको सभाहलमा आयोजित पटेर्वा सुगौली गाँउपालिकाको १३ औं गाँउसभा अधिवेशनमा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले आगामी आर्थिक वर्षाका लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँ बराबरको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि पटेर्वा सुगौली गाँउपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि,शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार, उद्यम लगायतका क्षेत्रलाई विशेष जोड दिइएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए ।

गाँउपालिका उपाध्यक्ष महत्तोले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘एक गाँउ एक उद्यम कार्यक्रम’ सञ्चालन गरिने, सामुदायिक विद्यालयहरुमा ‘खेल्दै सिक्दै कार्यक्रम’ लागू गरिने, आधारभूत अस्पताल पटेर्वा सुगौलीको सेवालाई अझ गुणस्तरीय र व्यवस्थित बनाउने,कृषि सिंचाईका लागि कृषि पोल तार र ट्रान्सफर्मरको व्यवस्थापन गरिने,पशु बिमालाई निरन्तरता दिइने,आर्गनिक कृषिलाई जोड दिइने,कृषि उपजको बजारीकरण गरिने,मुख्य सडक सञ्जाल कालोपत्रे गरिने लगायतका योजना तथा कार्यक्रमहरु समावेश रहेको मेहताले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको गाँउसभा अधिवेशनमा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,पाँच वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सददस्य, कर्मचारी,सञ्चारकर्मी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close