मधेशी सहिद एंव घाइते परिवार मधेश प्रदेशले बिभिन्न माग राखदै मुख्य मन्त्री गेट अगाडी धर्ना

मधेशी सहिद एंव घाइते परिवार मधेश प्रदेशले बिभिन्न माग राखदै मुख्य मन्त्री गेट अगाडी धर्ना

मधेशी सहिद एंव घाइते परिवार मधेश प्रदेशले बिभिन्न किसिमका माग राखदै मधेश प्रदेशका मुख्य मन्त्री गेट अगाडी धर्ना बसेका छ्न।

धर्नामा बसेका शहिद परिवारका आफन्तहरूले भने हाम्रो छोरा,बुवा भाइहरुको रगतबाट बनेको यो सरकारले बिगतमा गठित सरकारले दिएको माग अनुसार नै अहिलेको गठित सरकार संग माग गर्दा आलटाल गरेकोले त्यस नियम सर्तहरु लागु गराउनको निमित्त शहिद परिवारका आफनतहरु धार्नामा बसेको अवधेश पटेलले बताए।

बिगतका सरकारले गठन गरेको मधेशी सहिद प्रतिष्ठानमा शहिद परिवारको तर्फबाट एक जना महिला र एक जना पुरुस लाई राखिएको थियो त्यस मध्ये रामनरेश राय यादवको मृत्यु भए पश्चात उक्त ठाउमा मधेशी शहीद परिवारबाट अर्को व्यक्तिको नाम समावेश गर्न निर्णय गरेर निबेदन दिएपनी त्यस ठाउमा राखनको निमित्त तथा स्वास्थ्य बिमा लागु गरौ,एक परिवार एक रोजगार लागु गरौ,शिक्षामा क्षात्रबृति लागु गरौ सम्बन्धमा मुख्य मन्त्री तथा गृह मन्त्री संग बारम्बार त्यस सम्बन्धमा कुरा गर्दा गृह मन्त्रीले म प्रदेश बाहिर छु पार्टिको अधिवेशन चलिरहेछ एक हाप्ता पछि आएपछी तपाईहरुको काम हुन्छ यो सरकारी काम हो अलि टाइम लागछ भन्दै कति दिन भयो त्यस सम्बन्धमा सुनवाइ नभए पछि हाम्रो मागहरु कार्यवनयन गराउनको निमित्त धार्नामा बस्न बाध्य भएको र आज देखी धर्ना कार्यक्रम सुरु गरकाछौ यस धार्नामा कार्यक्रममा मधेश प्रदेशका ८ आठ वटै जिल्लाका शहिद परिवारका आफन्तहरुको उपस्थिती रहेको पटेलले बताए ।

साथै मधेश प्रदेश प्रतिष्ठानमा सरकारले बिगतको बजेटमा २ दुई करोड बजेट छुटयाएको छ तर यो बजेट मधेश प्रदेश प्रतिष्ठानले खर्च नगरेकोले यो बजेट फिरिज हुने सम्भावना देखिएकोले बजेट सुचारुको माग पनि रहेको पटेलले बताए।

बिगतका सरकारले १०७ जना घाइते र ६३ जना सहिद परिवार मध्ये पुर्ब मुख्य मन्त्री लालबाबु राउत गदिले ५२ जना लाइ नियुक्ति पत्र दिएका थिए जसमधे २७ जना लाई करार नियुक्ति र अरु जनालाई डोर हाजिरी गरि नियुक्ति दिएका थिए हामिले बिरोध गर्दा त्यस नियुक्ति मध्ये सबै कार्यालय सहयोगी लाएक छैन त्यस मध्ये छनौट गरी तहगत पदमा राखिने व्यवसथा मिलाउनु पर्ने माग गरेको बेला पुर्ब मुख्य मन्त्रि आसवासन दिए ठिक छ त्यो हेरेर कार्य तहगत राखौला तर केहिदिन पछि उहाको सरकार रहेन त्यस पश्चात आयो सरकारले कारारमा नियुक्ति पाएका २७ जना मध्ये अहिले ६ जना लाई राखको छ र अरु जनालाई डोर हाजिरीमा राखेको छ तर १•५ डेर बर्ष देखि तलब समेत नपाएको मधेशी सहिद एंव घाइते परिवारका आफन्तहरुका अगुवा पटेलले बताउदै भने यो सरकारले मधेशी सहिद एंव घाइते परिवार लाई रोजगारी नदिइ आफनो कार्यकर्ता भर्ती गरिरहेको आरोप लगाए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close