मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा प्रहरी उपरीक्षक(एसपी) गौतम मिश्रले सम्हाले यताको ६ महिनाको अवधिमा पर्सा प्रहरीले मानव बेचबिखन जोखिममा परेका किशोरी,युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गरेको छ ।

एसपी मिश्रले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा गत पुस २३ गतेदेखि सम्हालेका थिए ।गैरकानूनी रुपमा यौनधन्दमा लगाइएका वीरगन्जमा रहेका होटल,रेष्टुरेन्ट तथा लजहरुमा छापा मारेर तथा वीरगन्जस्थित नेपाल–भारत सीमा नाकामा कडाई गर्ने क्रममा उनिहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बेचबिखन जोखिममा परेका किशोरी,युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गरी उनिहरुलाई अभिभावकको जिम्मा लगाएर पठाइएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनका १२ वटा मुद्धा दर्ता गरेर १३ जनालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागारमा पठाएको पनि गरेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close